विचार

राजनीतिलाई पेशा बनाएपछि भ्रष्टाचार त्यहीँबाट पैदा हुन्छ : श्याम श्रेष्ठ

एजेन्सी

सोमबार, ०५ असोज २०७७, १३ : ०३
राजनीतिलाई पेशा बनाएपछि भ्रष्टाचार त्यहीँबाट पैदा हुन्छ : श्याम श्रेष्ठ

पहिला होलटाइमर कार्यकर्ता हुने र उनीहरुको जिविकाको लागि दिइने गरेपनि अहिले त्यो अवस्था छैन । हो, पार्टीको अफिस होल्डरहरु हुन्छन् । पार्टी कार्यलयमा जसरी सरकारी कार्यालयमा होल्ड गरेका कर्मचारी हुन्छन्, हो त्यस्तालाई दिनुपर्छ । कार्यालयमा ९–१० घण्टा डिउटी गर्ने जो छन् उनीहरुले अरु काम गर्न भ्याउदैनन्, त्यस्तालाई दिनु अस्वभाविक होइन । बाँकी जो हुन्छन् आफ्नो पेशा गर र त्यो पेशाले बाँच भन्ने हो ।

यदि कसैले पार्टी कामको लागि लामो यात्रा गर्नुपर्ने भयो भने त्यस्तोमा दिनुपर्छ । तर, वाँकीले स्वयम्सेवा नै गर्नुपर्ने हुन्छ । अहिले त नेता कार्यकर्ताहरुलाई आफ्नो ढङ्गले बाँच्न भनिएको छ । होलटाइमर कार्यकर्ता भन्ने कन्सेप्ट नै हटाउनु पर्छ । किनभने यसले राजनीतिलाई पेशा बनाउने मान्छे खडा गर्छ । राजनीतिलाई पेशा बनाएपछि भ्रष्टाचार त्यहीँबाट पैदा हुन्छ ।

सबैलाई आ–आफ्नो जिविकाबाट गर, स्वयम्सेवाकोे रुपमा राजनीति गर भन्नुपर्ने हो । राजनीतिलाई पेशा बनाउनेहरुले नै नेपाल सिध्याए । राजनीति भनेको सेवाभाव हो । राजनीतिलाई पेशा बनाउन दिनु हुँदैन । तर अहिले राजनीतिलाई पेशा बनाइएको छ र सारा विकृति त्यहीँबाट आइरहेको छ ।

राजनीतिलाई पेशा बनाउन थालिएपछि छोराछोरी त्यहीबाट पाल्नुपर्यो, गाडी, घर घडेरी जोड्नुपर्यो । त्यसो भएपछि पैसा कहाँबाट ल्याउने ? पैसा कमाउनका लागि भ्रष्टाचार गर्नतिर लाग्छ ।

(लेखक राजनैतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस