नेपालगन्जबाट जहाजमा हुम्ला पुगेकी महिलामा कोरोना

पत्रपत्रिकाबाट

सोमबार, ०५ असोज २०७७, ०८ : ०६
नेपालगन्जबाट जहाजमा हुम्ला पुगेकी महिलामा कोरोना

हुम्ला । शनिबार बाँकेको नेपालगन्जबाट समिट एयरको जहाजमा हुम्ला सदरमुकाम सिमकोट आएकी सर्केघाड गाउँपालिका–५ की २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोहलपुरमा शुक्रबार गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका अधिकृत नरेशबावु श्रेष्ठले बताए । उनका अनुसार संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ थालिएको छ । शनिबारको उडानमा उनीसहित १२ जना यात्रु हुम्ला आएका थिए ।

संक्रमण देखिएकी महिला अन्य ४ जना यात्रुसहित सिमकोटमा एक रात बास बसेर आइतबार बिहान माउन्टेन एयरको हेलिकप्टरमार्फत सर्केघाड गएकी छिन् । हुम्लामा पहिलोपल्ट कोरोना संक्रमण देखिएको छ । पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरि उच्च सतर्कता अपनाइएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस