एकै परिवारका तिन जनालाई सर्पले डस्यो, गरिबीका कारण उपचारमा समस्या

आर्थिक सहयोग गरिदिन आग्रह

प्रकाश सिग्देल

आइतबार, ०४ असोज २०७७, १० : ४५
एकै परिवारका तिन जनालाई सर्पले डस्यो, गरिबीका कारण उपचारमा समस्या

चितवन । भरतपुर महानगरपालिका–१९ शारदानगरमा एकै घरका ३ जनालाई सर्पले डसेपछी उपचारमा समस्या भएको छ । सर्पको डसाईबाट २ बर्षिय बालक रायन बिकको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भिर बनेको छ ।

स्यागंजा हरिनास गाँउपालिका चिसापानी घर भई बिगत ५ वर्ष देखी शारदानगरमा ज्यामी काम गरी परिवार पाल्दै आएका थमन सिहं बिकको श्रीमती केसरी, छोरी रुबी र नाती रायनलाई सर्पले डसेको थियो । सर्पले डसेसँगै बालकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

शनिबार आफ्नै घरमा सुतिरहेको बेला मृतक रायनसंगै आमा र हजुर आमालाई सर्पले डसेको थियो । केशरीको चितवन मेडिकल कलेज र रुबीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकका हजुरबुबा थमन सिहं बिकले आर्थीक अभावले आफ्नी श्रीमती र छोरीको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गरीदिन आग्रह गरेका छन् ।

बिकको नातिको मृत्यु भएको र श्रीमती तथा छोरीको पनि अवस्था गम्भिर भएकाले उपचारमा गर्नै नसक्ने अवस्था आएपछि  सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेका छन् । स्थानिय शिव मल्लले आर्थिक रुपमा निकै विपन्न भएकाले यो परिवारलाई सबैले सहयोग गरिदिन आग्रह गरे । चरम गरिबीले सामान्य टहरामा बसेर जिवन गुजारा गर्दै आएको यो परिवार सर्पले डसेसँगै ठुलो वज्रपात परेको छ ।