वाणिज्य विभागले भन्यो– महँगोमा प्याज नकिनौँ, कुहिने डरले व्यवसायीले नै घटाउँछन् मूल्य

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १५ : ४९
वाणिज्य विभागले भन्यो– महँगोमा प्याज नकिनौँ, कुहिने डरले व्यवसायीले नै घटाउँछन् मूल्य

काठमाडौं । बजारमा यतिबेला होलसेलमै प्रतिकिलो एक सय रुपैयाँ छ । खुद्रा मूल्यमा प्रतिकिलो १५० रुपैयाँ छ । प्याजको मूल्य आकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगो मूल्यमा प्याज नकिन्न उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

विभागले केही दिन महँगो मूल्यमा प्याज नकिने यसको मूल्य आफैँ घट्ने जनाएको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।

‘व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागले भन्यो। छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय व्यवसायीले लुकाउन नसक्ने विभागको ठहर छ । 

लुकाएको प्याज खोज्न र बढी मूल्य लिने व्यापारीलाई कारवाही भइरहेको छ । आज विभागले तीन जना व्यापारीलाई प्याजको बढी मूल्य लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस