काठमाडौँ । कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको छ। सरकारले कुलमानलाई पुनः ल्याउने संकेत देखाएको छैन । काठमाडौँमा दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् ।
मन्त्रिस्तरीय निर्णयले मंगलबार प्राधिकरणकै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा आज पनि प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरी तितरबितर पारेको छ । लाठी प्रहार गरेको छ ।
बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डलातर्फ मोटरसाइकल र्यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको हो । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा लाठी प्रहार गरेको थियो । प्हरीको लाठी प्रहारबाट केही घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'