प्याजमा कृत्रिम अभाव र कालोबजारी सुरु

पत्रपत्रिकाबाट

विहीबार, ०१ असोज २०७७, ०८ : १५
प्याजमा कृत्रिम अभाव र कालोबजारी सुरु

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ । व्यवसायी संगठित भएरै कृत्रिम अभाव गराइरहेका छन् । भारतले भदौ २९ देखि निर्यात रोकेको थियो । त्यसलगत्तै यहाँ कालोबजारी सुरु भएको हो ।

‘दुई–तीन दिनमै होलसेलमै मूल्य दोब्बर भयो, यो अस्वाभाविक हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने । भदौ २९ मा होलसेलमा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको ती अधिकारी बताउँछन् । ३१ गतेसम्म आइपुग्दा होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा बजारमा किलोकै १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

‘भारतले निर्यात प्रतिबन्ध लगाउनेबित्तिकै अभाव हुनु सम्भव छैन । तर कालोबजारीमा व्यापारी संगठित भएर लागेको देखिन्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘यति छिट्टै प्याज सकिँदैन, स्टक रित्तिने अवस्था छैन । तर व्यापारीहरूले लुकाए ।’ बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि बुधबार काठमाडौं महानगरपालिकाले वाणिज्य, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन गरेको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस