काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि खुल्ने भएका छन् ।
मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् ।
सरकारले बिहीबारबाट लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए ।
भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने निर्णयप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ असोज २०७७, ०६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित