बढी मुल्यमा प्याज विक्री गरेको आरोपमा बल्खुबाट एक व्यापारी पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १० : ५०
बढी मुल्यमा प्याज विक्री गरेको आरोपमा बल्खुबाट एक व्यापारी पक्राउ

काठमाडौं । भारतले प्याज निर्यात रोकेसंगै अभावको फाइदा उठाएर बढी मूल्यमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । 

भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । व्यापारीहरुले आफुसँग मौज्दातमा रहेको प्याजको मुल्य आफुखुखी लिदैं बेच्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस