काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक÷एक जना रहेका छन् । उहाँका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०.६५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ भदौ २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै