कविता : बाल अधिकार

सोमबार, २९ भदौ २०७७, १८ : ४६
कविता : बाल अधिकार

- शान्ति रिमाल
 
करिब ११ बर्ष (२०६६/०५/२९) अघि म श्री मावि इन्द्रपुरी गीतानगरमा कक्षा ७ मा पढ्दै गर्दा लेखेको कविता, आज बालदिवस स्मृतिमा डायरिका पाना पल्टाउँदै गर्दा भेटेकी ।

सबैसामु सुनाउँदैछु बालकको कथा ।
कस्ले सुनी दिन्छ होला हाम्रो पिर व्यथा ।२।

गाउँदेखि सहरसम्म बालकको हुल ।
बालश्रम गराउनेले गर्छ ठूलो भुल ।।
मन्त्री सांसद चढी हिड्छन चिल्ला चिल्ला कार ।
बाल शोषण गर्नेलार्इ गरौं खबरदार।२।

कति धेरै मन्त्री अनि मन्त्रालय देशमा ।
भविस्यका कर्णधार बालकको भेषमा ।।
जन्मसिद्ध पाउनुपर्छ बाल अधिकार ।
हाम्रो माग पूरा गर्देउ लौन सरकार ।।

सबैले है साथ दिनु बाल अभियानमा।
बालक कै हक हुन्छ भावी संविधानमा।।
पढ्न लेख्न पाउनु पर्छ गरिव बालकले नि
शिक्षा रुपि ज्योतिले नै पार्छ हाम्लाइ ज्ञानी।।

पढ्न नपाइ कोही खाते कोही भाडा धुने
विकट ठाउँमा बालबालिका भारी बोक्दै रुने।।

बालकको भबिस्यमाथी नगर्नु खेलबाड
धेरै पढी भ्रष्टलाई हान्नुपर्छ वाण।।
औषधोपचार पाउनुपर्छ बिरामी हुँदा हाम्ले
इन्जिनियर डाक्टर हुन्छौ भाग्य तिम्ले छिन्दे।।

कति बालक टुहुरा छन् कति घरबारविहीन
कोही भने अपाङ्ग छ्न् तिर्न नसकेर रिन।।
त्रासपूर्ण वातावरण हुन्न बाल विकास
भित्रैबाट गरिदेउ खराब कुरा निकास।।

काँचो माटो जस्तै हुन्छन् साना बालकहरु
विद्यालय पढ्न पठाइ ज्ञानको ज्योती छरु।।
धेरै ठुला रोगबाट बालबालिका ग्रसित
कोही बालक परिवारसँगै भैराछन त्रसित।।

कोही सडक बोरा बोक्ने कोहीको हातमा कोदालो र आँसि।
जटिल काम लगाउनेलार्इ हुनु पर्ने फाँसी।।
सबै जुटि पहल गरे हुन्थ्यो राम्रो जीवन ।
जग बलियो भए मात्र बलियो हुन्छ भवन।।

भदौ महिना २९ गते बाल दिवस पर्छ ।
जस्ले गर्छ बाल शोषण श्राप पाई मर्छ ।।
कोइ हिड्छन गल्ली गल्ली कोही हल्लीहल्ली ।
पढ्न जाउ हिडभन्दा भन्छन् खल्लीबल्ली।।

झाडा बान्ता लागेर कति बालक मरे ।
कति हक खोस्नलार्इ अघिअघि सरे ।।
बालकलार्इ पनि अब बाल मन्त्रालय चाहियो।
साना छौ नि तिमीहरु भनेर कहाँ पाइयो।।

एकतामा वद्ध भइ मिलि अघि बढौं ।
आफ्नु हक खोस्नलार्इ लड्नसम्म लडौं ।।
कोपिला छौं आज हामी भोलि फुलको थुङ्गा।
पानी नभै खोलामा कहाँ बग्छ डुङ्गा ।।

गल्ती भए होलान् कति माफि दिनु होला
कहिले पनि फर्किंदैन बगिगएको खोला।।


 

प्रतिक्रिया दिनुहोस