कोरोना परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी लिन नपाइने

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १६ : ३८
कोरोना परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी लिन नपाइने

काठमाडौँ । निजी तथा सरकारी अस्पताल एवम् प्रयोगशालाले अब अधिकतम दुई हजार रुपैयाँमा पिसिआर परीक्षण गर्नुपर्ने छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार निजी तथा सरकारी अस्पताल एवम् प्रयोगशालाहरुले कोरोनाको पिसिआर परीक्षणमा दुई हजार रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।

पिसिआर परीक्षणको सरकारले अधिकतम दुई हजार रुपैयाँ तोकेपछि सर्वसाधरण जनताले सहजताको अनुभव गरेका छन् । 

प्रतिक्रिया दिनुहोस