काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहो¥याउने गरी प्रस्ताव तयार पारिएको छ ।
ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।
सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन ।
अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए ।
यसैबीच घिसिङलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भने रहेको बताइएको छ । सो समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्नुपरेपनि गरेर निर्णय गर्ने बताइएको छ ।
विद्युत प्राधिकरण ऐन २०४१ को परिच्छेद २ मा भने यस्तो व्यवस्था छ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'