चितवनमा थपिए २१ सङ्क्रमित

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १७ : ०६
चितवनमा थपिए २१ सङ्क्रमित

चितवन । चितवनमा सङ्क्रमित थपिनेक्रम जारी छ । आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना चितवनवासी सङ्क्रमित भएका हुन् ।

 भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ११ जना र मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो, जसमा भरतपुर महानगरपालिकाका १८ जना, माडी नगरपालिकाका २ जना र राप्ती नगरपालिकाका १ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस