दाङ । छट्टाछट्टै स्थानमा दुई महिलाको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी र रोल्पामा महिलाको शव फेला परेको हो ।
गुल्मी चन्द्रकोट गाउँपालिका बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय गुल्मी गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै रोल्पामा पनि एक महिला मृत्त अवस्था फेला परेकी छन् । रोल्पा जिल्लाको रोल्पा न.पा. १० धाङसी खोलाको बीचमा स्थानीय वर्ष ५९ की मनकला बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनी घरबाट कोही कसैलाई जानकारी नगराइ हिडेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ भदौ २०७७, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता