चितवन । देवघाट गाउँपालिका वडा नम्बर २ का सचिव गंगाराम मानन्धरमाथी कुटपिट भएको छ ।
मादक पदार्थ सेवन गरेर गएका २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापाले सोमबार राती कुटपिट गरेका हुन् । उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई सोमबार राती कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्नहरुलाई प्रहरीले मंगलबार दिउँसो वडा नम्बर २ को ब्यागतबाट पक्राउ गरेको छ । पक्राउ पछि मंगलबार दिउँसो उनीहरुलाई देवघाट ल्याईएको हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आवुँखैरेनी पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक उज्वलराज चिलुवालले बताए ।
निजामती सेवा दिवसकै दिन राती १० बजेको समयमा आफ्नो कोठामा सुतीरहेका वडा सचिव मानन्धरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको घटनाप्रति देवघाट गाउँपालिका कर्मचारीले विरोध गरेका छन् ।
गाउँपालिकाका कर्मचारीहरुले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाई वडा सचिवलाई ज्यान मार्ने उद्देश्यले भएको कुटपिटबाट सम्पुर्ण कर्मचारीहरु असुरक्षित महशुस गरेको बताएका छन् । साथै राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षामा गम्भिर बन्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ