काठमाडौं । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वषीइय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उहाँले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए ।
भवन शिलन्यास
इच्छाकामना गाउँपालिका वडा नम्बर ३ माझगाउँमा रहेको माझगाउँ माध्यमिक विद्यालयको चार कोठे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले आज विद्यालय भवनको शिलन्यास गर्नुभएको हो । वि.सं २०७२ सालको भूकम्पले क्षति पुगेको सो विद्यालय भवनलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणको रु ७४ लाख सहयोगमा भवन निर्माण गर्न लागिएको हो । विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ भदौ २०७७, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
इजरायली आक्रमणमा इरान तेक्वान्दो महासंघका तीन सदस्यको मृत्यु
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु