भरतपुर महानगरका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, ०८ : ५३
भरतपुर महानगरका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परिक्षणमा चितवनका ३० र अन्यजिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेहरुमा  १० वर्षका बालक देखि ६६ वर्षसम्मका छन्। उनीहरू सबैको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको हो । भरतपुर महानगर भित्रका २९ जना संक्रमित भएका छन् । संक्रमण पुष्टि हुनेहरुमा भरतपुरका मात्रै २९ जना रहेका छन् । संक्रमितहरु भरतपुर महानगरपालिका वडा नंं. २, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् ।

यस्तै  राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षका पुरुषमा संक्रमणसंगै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले १३४ वटा स्वाबको परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस