एकैदिन १ हजार ६९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४० हजार ५२९ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १६ : २२

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये  २२ हजार १७८ जना निको भएर घर फर्किएक छन् ।