सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा थप एक जनाको शव फेला परेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने दुई जना अझै बेपत्ता रहेका छन् । गत साउन ३० गते जुगल गाउँपालिका वडा नं २ लिदीमा गएको सो पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।
उक्त पहिरोमा अझै बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध