सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा थप एक जनाको शव फेला परेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने दुई जना अझै बेपत्ता रहेका छन् । गत साउन ३० गते जुगल गाउँपालिका वडा नं २ लिदीमा गएको सो पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।
उक्त पहिरोमा अझै बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा