बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदीमा खस्यो, ५ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, ०८ : ५१
बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदीमा खस्यो, ५ जना घाइते

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स  मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि  भरतपुरतर्फ पठाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस