दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए ।
उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अन्यको सामान्यावस्था छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ भदौ २०७७, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण
चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एक जनाको मृत्यु