पहिलो पटक काठमाडौँ उपत्यकामा यति धेरै संक्रमित बढे

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १६ : ४२
पहिलो पटक काठमाडौँ उपत्यकामा यति धेरै संक्रमित बढे

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । 


 

प्रतिक्रिया दिनुहोस