‘फ्रन्ट लाइन’ मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अझै दिइएन जोखिम भत्ता

पत्रपत्रिकाबाट

बुधबार, १० भदौ २०७७, ०७ : ४४
‘फ्रन्ट लाइन’ मा खटिने स्वास्थ्यकर्मी  र सुरक्षाकर्मीलाई अझै दिइएन जोखिम भत्ता

काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् ।

कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले ०७६ चैत ११ गतेदेखिको भत्ता दिने निर्णय गरेको थियो ।

तर करिब ४ महिना लामो लकडाउन र पछिल्लोपटक देशका विभिन्न भागमा जारी निषेधाज्ञा कार्यान्वयन, संक्रमितको उपचार तथा परीक्षणमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कसैको पनि भत्ताबापतको रकम निकासा गरिएको छैन । अग्रभागमा खटिनेले घोषित जोखिम भत्तासमेत नपाउँदा उनीहरूको मनोबल गिर्न थालेको सरकारी अधिकारीहरू बताउँछन् ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस