काठमाडौं । निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ ।
निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताए ।
‘निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, ‘उपत्यकामा भने निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिनेछ ।’
उनका अनुसार निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ भदौ २०७७, ०८ : ३१
लेखकबाट थप