अवैध १६ लाख रुपैयाँ बरामद

सफल खबर संवाददाता

शनिबार, ०६ भदौ २०७७, १७ : ४७
अवैध १६ लाख रुपैयाँ बरामद

फाइल तस्विर

काठमाडौं । बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको टोलीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई चेकजाँच गर्दा खोल्दा मोटरसाइकलका चालक आफूले बोकेको झोला फ्याकी भागेको र सो चेकजाँच गर्ने क्रममा १६ लाख नगद भेटिएको  हो । 

उनका अनुसार झोलामा ५०० दरको १६७६ थान र हजार दरको ७६२ थान नेपाली रुपैयाँ बरामद भएका छ । घटनाबारे अनुसन्धान हुनुका साथै अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस