काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।
सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्लादेशसँगको सम्बन्धलाई सधैँ उच्चउ महत्वछ दिएको व्यक्त गरिन् । यही वर्ष बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्गलादेशी जनतालाई उनले बधाई तथा शुभकामना पनि दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ साउन २०७७, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट