कोरोनामा आयुुर्वेदिक उपचार प्रभावकारी

पत्रपत्रिकाबाट

आइतबार, ३२ साउन २०७७, ०७ : ०२
कोरोनामा आयुुर्वेदिक उपचार प्रभावकारी

प्रतिकात्मक फोटो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।

कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुुई साताको समय पनि लागेन । अरू बिरामी पनि निको हुने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, “आयुर्वेद औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्नसक्ने क्षमता भएको हो ।” उहाँका अनुसार कोरोना सङ्क्रमित भर्ना भएपछि आयुर्वेदविज्ञ तथा चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने औषधि प्रयोग गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस