सिन्धुपाल्चोकको पहिरो कहर : उद्धार टोलीभन्दा पहिला नै सभामुख घटनास्थलमा (दस तस्बिरहरु)

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १३ : ५२
सिन्धुपाल्चोकको पहिरो कहर : उद्धार टोलीभन्दा पहिला नै सभामुख घटनास्थलमा  (दस तस्बिरहरु)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा गएको भीषण पहिरोको अवलोकन गर्न गएका छन् सभामुख अग्निप्रसाद सापकोटा । हालसम्म पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ ।

३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको छन् । सभामुख सापकोटाले घटनास्थलमै पुगेर जानकारी लिएका छन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका थिए। नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । उद्धार टोलीभन्दा पहिला नै सभामुख सापकोटा घटनास्थल पुगेका थिए । घटनाको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस