वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ ।
हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।
यसैबीच त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२ पिस्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गाखानीमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो । मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
पहिरामा तीन टिपर र एउटा स्काभेटर पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अहिले त्रिभुवनराजपथ पनि अवरुद्ध रहेको र पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० साउन २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि