एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले तयार पारेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई थाहा नभएकाले यसको मूल्यांकन गर्न नसकिएको बताएको छ।
डब्ल्यूएचओ अन्तर्गतको पान-अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘‘भनिँदै छ कि, रुसले भ्याक्सिन बनाउन शुरू गरेको छ, तर जबसम्म ट्रायल पूरा हुँदैन तबसम्म प्रयोग गरिनु हुन्न।’’
जसले भ्याक्सिन बनाए पनि त्यो सुरक्षित हुनु पर्ने र त्यसलाई डब्ल्यूएचओको सिफारिस आवश्यक पर्ने उनको भनाइ छ। गत साता रुसलाई डब्ल्यूएचओले अन्तर्राष्ट्रिय गाइडलाइन पालना गरेरमात्रै भ्याक्सिन बनाउन सल्लाह दिएको थियो।
रुसले आज १२ तारिखदेखि आफूले बनाएको भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो। भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भएको र कोरोना रोकथामका लागि त्यो उपयोगी भएको रुसको भनाइ छ। (बीबीसी)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण