काठमाडौं । स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ ।
मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ साउन २०७७, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि