काठमाडौं । स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ ।
मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ साउन २०७७, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु