हवाईट हाउस अगाडी गोली चल्यो

एजेन्सी

मंगलबार, २७ साउन २०७७, ०९ : ०९
हवाईट हाउस अगाडी गोली चल्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहेकै बेला निवास बाहिर गोली चलेको बताईएको छ । 

गुप्तचर निकायबाट गोली चलेको जानकारी जानकारी पाएपछि राष्ट्रपति ट्रम्प पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् । 
उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा उक्त घटना बताएका थिए । ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिभएको बिबिसीले उल्लेख गरेको छ । त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

सोमबारको ब्रिफिङ्गको क्रममा भएको यो घटनापछि ट्रम्पले पत्रकारलाई प्रतिक्रिया दिँदै अवस्था अहिले नियन्त्रणमा रहेको बताएका छन् । पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए । 

ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको हो । अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन ।’
 

प्रतिक्रिया दिनुहोस