अहिलेसम्म १२९ जनाले गरे कोरोना बीमा दाबी

पत्रपत्रिकाबाट

मंगलबार, २७ साउन २०७७, ०८ : २७
अहिलेसम्म १२९ जनाले गरे कोरोना बीमा दाबी

प्रतिकात्मक फोटो

काठमाडौं । कोरोना बिमामा आइतबारसम्म १ सय २९ वटा दाबी परेको छ । जसमध्ये ४४ वटा दाबी भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी प्रक्रियामा छन् ।

भुक्तानी भएका दाबीमध्ये ५० हजार बिमांकका ६ र ३८ वटा एक लाख रुपैयाँ बिमांक भएका छन् । दुवै गरी आइतबारसम्म बिमा कम्पनीले बिमितलाई ४१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । भुक्तानीको प्रक्रियामा रहेका दाबीमध्ये एउटा ५० हजार बिमांक र बाँकी ८४ वटा १ लाख बिमांक भएका छन् ।

ती दाबीबापत ८४ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोरोना बिमासम्बन्धी मापदण्डको व्यवस्थाअनुसार कोभिड–१९ को संक्रमण देखिएको प्रमाण पेस भएको सात दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिसक्नुपर्छ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भए इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस