भारतमा कोरोना संक्रमितको संख्या २१ लाख पुग्यो

एजेन्सी

शनिबार, २४ साउन २०७७, २१ : ३६
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख पुग्यो

file-photo

भारतमा कोरोना संक्रमतिको संख्या शनिबार २१ लाख पार भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६१ हजार ४४५ जनाको रिपोर्ट पोजेटिभ आएको कोभिड १९ इन्डिया डट ओआरडीमा उल्लेख छ । 

यसैबीच भारतीय केन्द्रीय कृषि राज्यमन्त्री कैलाश चौधरीलाई पनि कोरोना पोजेटिभ भएको छ । उनले शनिबार ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् भने हाल जोधपुरस्थित अस्पतालमा भर्ना भएका छन् ।

 यसैगरी केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना निको हुनेको संख्या कूल ४ लाख नाघेको छ । मन्त्रालयले निको हुनेको संख्यामा लगातार सुधार भएको भन्दै शनिबार सम्म कुल संक्रमितमध्ये ६८.३२ प्रतिशत पुगेको जनाएको छ ।

यस्तै मृत्यु दर २.०४ प्रतिशत रहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार शुक्रबार ५ लाख ९८ हजार ७७८ जनाको कोरोना टेस्ट भएको थियो । योसँगै देशभर २ करोड ३३ लाख ८७ हजार १७१ स्याम्पल परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस