नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १८ : ०२
नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरसको संक्रमण बढेपछि नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको आज बसेको बैठकले नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाउने निर्णय गरेको हो । 

हाल सञ्चालनमा रहेका कोभिड १९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको छ ।