एजेन्सी । इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै फ्रान्सेली टोली लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस बाहिरिन बाध्य बनेको छ ।
क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन। जित निकालेर पनि युभेन्टस स्तब्ध बन्यो । समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लियोन क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो।
अवे मैदानमा भएको पहिलो लेगमा युभेन्टस १–० ले पराजित भएको थियो। सोही पराजय वा अवे मैदानमा गोल गर्न नसक्नु उसका लागि घातक बन्यो । शुक्रबार राति भएको खेलमा रोनाल्डोले ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए। त्यसअघि १२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनका लागि मेमफिस डिपेयले गोल गरेका थिए।
६० औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई दोस्रो लेगमा २–१ को जित दिलाए । तर डिपेयको पेनाल्टी गोलले लियोनलाई अघिल्लो चरणमा लग्यो। लियोनले अब लिस्बनमा हुने नकआउट फरम्याटको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्ने छ । रोनाल्डोले च्याम्पियन्समा अहिलेसम्म १३० गोल गरेका छन्। तर उनका लागि व्यक्तिगत गोलले खुशी दिन सकेन, टिम बाहिरिँदा।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ साउन २०७७, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो बने ई-स्पोर्ट्स् विश्वकपका ग्लोबल एम्बासडर
रोनाल्डो क्लब विश्वकपमा सहभागी नहुने
रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर