प्रधानमन्त्री ओलीको स्वाब संकलन

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १४ : २०
प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको  लागि स्वाब संकलन गरिएको छ । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका १० प्रहरीमा बिहीबार कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, प्रधानमन्त्रीका  विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

प्रचण्डका सुरक्षाकर्मीहरु तथा प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीलगायतको पीसीआर गरिएको हो। संक्रमित प्रदेश २ का मन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटघाट भएको थियो । 

प्रतिक्रिया दिनुहोस