कपिलवस्तुमा ५ जना सरकारी कर्मचारीमा कोरोना

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १५ : १९
कपिलवस्तुमा ५ जना सरकारी कर्मचारीमा कोरोना

बुटवल । कपिलवस्तुमा ५ जना सरकारी कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष रहेका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण देखिएको छैन । 
 

प्रतिक्रिया दिनुहोस