काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को बुधबार प्रशिक्षण कार्यक्रम हुँदैछ ।
नवगठित सो पार्टीको पहिलो प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुलिङ विभागको सभाहलमा हुने भएको छ । बालकुमारीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको सभाकक्षमा प्रशिक्षण हुने भएको हो ।
नेकपाको स्कुलिङ विभाग र विदेश विभागको कार्यालय सोही प्रतिष्ठानमा रहेको छ । स्कुल विभागले पार्टीलाई दिइने प्रशिक्षणहरु त्यहीँबाट सञ्चालन हुने गरेको छ ।
यसअघि जसपा नेपालको प्रशिक्षण पार्टी कार्यालय बालकुमारी हुने भनिएको थियो तर सो पार्टीको ५१ सदस्य कार्यकारिणी समितिको बैठक समाजिक दुरी कायम गरि बसाउन ठाउँ त्यहाँ नपुगेको भन्दै तुलसीलाल अमात्य प्रतिष्ठानमा सारिएको बताइएको छ ।
प्रतिष्ठानले पार्टीका भातृ संगठनहरुले कुनै कार्यक्रम गर्दा हलका लागि चार हजार र पार्टी बाहिरका लागि आठ हजार रुपैयाँ लिँदै आएको छ । जसपा नेपालले पनि दिनको आठ हजार रुपैयाँ तिरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०७७, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल