आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, ०७ : ५४
आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम  आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही दिनयता मनसुन केही कमजोर भए पनि पूर्णरुपमा निष्क्रिय छैन ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस