काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । यो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ चार अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।
कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये अन्तःशुल्कतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब दुई करोड ९५ लाख ६६ हजार र आयकरतर्फ रु ८९ करोड ६० लाख ६८ हजार रहेको छ ।
त्यसैगरी सो कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्यअनुसार घरबहाल कर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियमावलीअनुसार स्थानीय निकायले नै आफ्नो नगरको घर बहाल कर असुली गर्ने गरेकाले यस वर्षदेखि सरकारको राजश्व ढुकुटीमा सङ्कलन नभएको सो कार्यालयको सूचना अधिकृत हरेराम ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० साउन २०७७, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन