ओलीसँग वार्ता गर्न फेरि पुगे प्रचण्ड बालुवाटार

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १७ : ४०
ओलीसँग वार्ता गर्न फेरि पुगे प्रचण्ड बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज फेरि बालुवाटार पुगेका छन्  ।

आइतबार र सोमबारको भेट विना निष्कर्ष सकिएको अवस्थामा मंगलबार थप तयारीका साथ दाहाल अरु नेताहरुसहित बालुवाटार पुगेका हुन्। बालुवाटार जानुअघि बिहान प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग भेटघाट गरेका थिए । 

ओली र दाहालबीच आज भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ नै सहभागी भएका छन् । नेता बामदेव गौतमसँगको भेटमा अध्यक्ष प्रचण्डले ६ बुँदे प्रस्ताव फिर्ता लिने आग्रह गरेको स्रोतको भनाइ छ । गौतम आफ्नो पक्षमा आएपछि ओलीले अब पार्टीका सबै समस्या सचिवालयबाटै टुंग्याउनुपर्ने प्रस्ताव गरेका थिए।

ओलीलाई दुवै पदबाट राजीनामा दिन प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले दबाब दिएपछि नेकपामा सुरु भएको विवाद अझै साम्य भएको छैन। प्रधानमन्त्री ओलीले आज कोरोना नियन्त्रणबारे विज्ञसँग छलफल गर्न आयोजना गरेको कार्यक्रममा २५ जनाभन्दा बढी भेला हुन मिल्दैन, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय समिति तुरुन्त चाहियो भन्दै छन्’ भन्दै बैठक अस्वीकार गरेका जनाउ दिइसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस