अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १३ : ५०
अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा  कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।