देश छोड्दै स्पेनका पूर्व राजा कार्लोस

एजेन्सी

मंगलबार, २० साउन २०७७, ०९ : १५
देश छोड्दै स्पेनका पूर्व राजा कार्लोस

एजेन्सी । स्पेनका पूर्व राजा हुवा कार्लोसले देश छाड्ने निर्णय गरेका छन् । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा जोडिएपछि देश छोड्ने उनले निर्णय गरेका छन् । 

८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका हुन् । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । पूर्व राजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको बताएका छन् ।

गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो । अति निपूर्णता पूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन रहेको बीबीसीले जनाएको छ । पूर्व राजा अब कुन देशमा बस्ने छन् भन्ने खुलाइएको छैन् । 

प्रतिक्रिया दिनुहोस