चितवन । जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक तथा भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने र मास्क प्रयोग नगर्ने ७७३ जना कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कारवाही गरेको हो । सोमबार जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरु कारवाहीमा परेका हुन् । सवारी साधन संचालनको क्रममा भौतिक दुरी कायम नगरेको र विभिन्तन सार्वजनिक स्थलमा मास्क प्रयोग नगर्ने ७७३ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता सुर्यबहादुर थापाले बताए ।
उनीहरुलाई लगाईएको जरिवानाबाट ८३ हजार ५ सय संकलन भएको छ । प्रहरी प्रवक्ता थापाले सार्वजनिक स्थानमा हिडडुुल गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।
यसैगरि बिना ईजाजत औषधी बिक्री वितरण गरेको आरोपमा भरतपुर १५ देवी चौक बस्ने ३१ वर्षिय भोजबहादुर गुरुङ र सोही ठाँउका २० वर्षिय महेश परियार पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा प्रहरीले गुरुङको घरमा छापा मार्दा विभिन्न औषधीहरु बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई औषधी व्यवस्था विभाग विरगंज पर्सामा आवश्यक कारवाहीको लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज
पूर्वमन्त्री बिना मगरको कार्यकालमा मेलम्ची आयोजनाको प्रगति सबैभन्दा धेरै
दक्षिणकालीमा ट्रकको ब्रेक फेल भएपछि ...
विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज
देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार कर्मचारी माग (सूचनासहित)
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह