चितवन । जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक तथा भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने र मास्क प्रयोग नगर्ने ७७३ जना कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कारवाही गरेको हो । सोमबार जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरु कारवाहीमा परेका हुन् । सवारी साधन संचालनको क्रममा भौतिक दुरी कायम नगरेको र विभिन्तन सार्वजनिक स्थलमा मास्क प्रयोग नगर्ने ७७३ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता सुर्यबहादुर थापाले बताए ।
उनीहरुलाई लगाईएको जरिवानाबाट ८३ हजार ५ सय संकलन भएको छ । प्रहरी प्रवक्ता थापाले सार्वजनिक स्थानमा हिडडुुल गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।
यसैगरि बिना ईजाजत औषधी बिक्री वितरण गरेको आरोपमा भरतपुर १५ देवी चौक बस्ने ३१ वर्षिय भोजबहादुर गुरुङ र सोही ठाँउका २० वर्षिय महेश परियार पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा प्रहरीले गुरुङको घरमा छापा मार्दा विभिन्न औषधीहरु बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई औषधी व्यवस्था विभाग विरगंज पर्सामा आवश्यक कारवाहीको लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना