सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै, थप २० जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १५ : १९
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै, थप २० जनामा संक्रमण पुष्टि

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । 

संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् । योसँगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना, कञ्चनपुरका २ जना रहेका छन् । त्यसैगरी कञ्चनपुरकै थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।