राजनीति व्यापार भयो : चित्रबहादुर केसी

रासस

शनिबार, १७ साउन २०७७, २१ : १३
राजनीति व्यापार भयो : चित्रबहादुर केसी

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।” 

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले  राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गर्नुभयो । जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गर्नुभयो ।

उहाँले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिनुभयो । उहाँले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताउनुभयो ।

सो अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस