काठमाडौं । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं गरिएको परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् ।
फ्नो फेसबुकमार्फत भने, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताए । वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०७७, २१ : १७
लेखकबाट थप