ह्याम्स अस्पतालले शुरु गर्यो सशुल्क कोरोना परिक्षण

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, ११ : ३६
ह्याम्स अस्पतालले शुरु गर्यो सशुल्क कोरोना परिक्षण

काठमाडौं । धुम्बाराही स्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.  (ह्याम्स अस्पताल)ले कोरोना भाईरस (कोभिड–१९) को सशुल्क परिक्षण शुरु गरेको छ । 

अघिका दिनमा पिसिआरको रिर्पोट आउन ३-४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परिक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नु पर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नु पर्ने बिरामीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने अस्पतालले विश्वास लिएको छ । 

साथै बैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका विरामीहरुले समेत सो अस्पतालमा आर टी पिसिआर सशुल्क गराउन पाउने छन् ।  नेपाल सरकारद्वारा तोकिएको शुल्क पाँच हजार पाँच सयमा कोभिड–१९ आर टी पिसिआर परिक्षण गरिने अस्पतालले जनाएको छ । 

अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत यस नियमित रुपमा गुणस्तरीय सेवा संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस