इटालीको सिरी ‘ए’ मा इन्टर मिलानद्धरा नेपोली पराजित

एजेन्सी

बुधबार, १४ साउन २०७७, ०८ : ४१
इटालीको सिरी ‘ए’ मा इन्टर मिलानद्धरा नेपोली पराजित

एजेन्सी । इन्टर मिलानले  इटालीको सिरी ‘ए’ मा फुटबलमा  नेपोलीलाई २–० ले हराएको छ ।  जितसँगै इन्टर दोस्रो स्थानमा कायमै रहेको छ । मंगलबरको खेलमा बेन्चबाट मैदान छिरेका लउटारो मार्टिनेजले गरेको उत्कृष्ट गोलले इन्टरको जित निश्चित भएको हो ।

इन्टरका लागि पहिलो गोल डानिलो डी एम्ब्रोसियोले गरे । इन्टर अर्को सिजनमा लगाउने नयाँ जर्सीसहित मैदानमा उत्रेको थियो । लिगमा आफ्नो एक चरणको खेल बाँकी हुँदा इन्टरको ७९ अंक भएको छ । मंगलबारकै अर्को खेलमा एटलान्टाले पार्मालाई २–१ ले पराजित गर्‍यो । एक गोलले पछाडि रहेको स्थितिमा एटलान्टाका लागि रुस्लान मिलिनोभिस्की र पपु गोमेजले गोल गरे ।

एटलान्टा ७८ अंकसहित तेस्रो स्थानमा छ । सिरी ‘ए’ मा युभेन्ट्सले उपाधि जितिसकेको भए पनि दोस्रोदेखि चौथो स्थानसम्म इन्टर, एटलान्टा र लाजियोको त्रिकोणात्मक संघर्ष जारी छ ।

प्रतिक्रिया दिनुहोस